Techie IT
२०८२ असार १९, बिहीबार

फेरी केआईआईटी होस्टेलमा नेपाली छात्रा मृत फेला


भारतको ओडिसा राज्यस्थित भुवनेश्वरमा रहेको प्रतिष्ठित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एक नेपाली छात्रा मृत अवस्थामा फेला परेकी छन् ।

बिहीबार साँझ भुवनेश्वरको पटिया क्षेत्रमा रहेको केआईआईटी विश्वविद्यालयको ‘क्वी सी ४’ नामक छात्रावासमा बीटेक कम्प्युटर साइन्स (सीएसई) पहिलो वर्षमा अध्ययनरत छात्रा प्रिशा साह मृत अवस्थामा भेटिएकी हुन् । विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूले उनको परिचय पुष्टि गरेका छन् । उनी वीरगन्जकी हुन् र बी-३४ सेक्सनमा पढ्दै आएकी थिइन् ।

ओडिसा पुलिस कमिसनर एस. देव दत्त सिंहले नेपाली छात्रा मृत फेला परेको पुष्टि गर्दै घटनाको बारेमा प्रारम्भिक जानकारी दिएका छन् । उनले भने, “एक जना नेपाली छात्राको मृत्यु भएको खबर हामीलाई प्राप्त भएको छ । दूतावासमार्फत उनका अभिभावकलाई सूचित गरिएको छ ।”

उनका अनुसार घटनाको कारण हालसम्म खुल्न सकेको छैन भने प्रहरीले थप अनुसन्धान जारी राखेको छ । “अहिले हामी मृतककी परिवारको प्रतीक्षा गरिरहेका छौँ । उनीहरू भोलिसम्म आइपुग्ने जानकारी दूतावासबाट प्राप्त भएको छ,” सिंहले जानकारी दिए ।

यही होस्टेलमा यसअघि पनि यस्तै दुखद घटना घटेको थियो । गत २०८१ साल फागुन ५ गते नेपाली छात्रा प्रकृति लम्साल त्यही 'क्वी सी ४' होस्टेलमा मृत फेला परेकी थिइन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट