Techie IT
२०८३ भाद्र २६, शुक्रबार

सशस्त्र प्रहरीमा ६६६ जनाका लागि भर्ना खुल्यो, जवान पदमा मात्रै ६०४ कोटा


सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) ले साधारण समूहतर्फ रिक्त विभिन्न पदमा खुला प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्न ६६६ जनाका लागि भर्ना आह्वान गरेको छ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालय, मानवस्रोत विभाग, हलचोकले शुक्रबार सूचना जारी गर्दै सशस्त्र प्रहरी जवान तथा विभिन्न ट्रेडका परिचर पदका लागि दरखास्त माग गरेको हो।

सूचनाअनुसार सशस्त्र प्रहरी जवान पदमा मात्रै ६०४ जनाको माग गरिएको छ। यसमध्ये खुलातर्फ ३२६, आदिवासी/जनजातितर्फ ८५, मधेसीतर्फ ७४, महिलातर्फ ५३, दलिततर्फ ४०, पिछडिएको क्षेत्रतर्फ १४ तथा अमर तथा अशक्त सशस्त्र प्रहरी कर्मचारीका सन्ततिका लागि १२ पद छुट्याइएको छ।

त्यस्तै, साधारण उपसमूहतर्फ विभिन्न ६ वटा ट्रेडमा ६२ जना सशस्त्र प्रहरी परिचर माग गरिएको छ। जसमा भान्छे ३८, कुचिकार ८, केशकर्तक ७, सूचिकार ६, चर्मकर्मी २ र माली १ पद रहेका छन्। यी पदमा पनि खुला तथा समावेशी कोटाअनुसार पदपूर्ति गरिनेछ।

दरखास्त फाराम भदौ ३० गतेदेखि असोज २८ गतेसम्म कार्यालय समयभित्र बुझाउनुपर्नेछ।

अनलाइनमार्फत फाराम भर्ने आवेदकले आफूले दरखास्त दिँदा रोजेको सम्बन्धित कार्यालयमा असोज ३० गतेभित्र स्वयं उपस्थित भई सक्कल दरखास्त फाराम बुझाउनुपर्ने सूचनामा उल्लेख छ।

आवेदकको प्रारम्भिक शारीरिक परीक्षणसम्बन्धी तालिका कात्तिक १३ गते सशस्त्र प्रहरी बलको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमार्फत सार्वजनिक गरिने प्रधान कार्यालयले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट