Techie IT
२०८३ असोज २९, बिहीबार

कृषि अनुदान हिनामिनाको प्रयास गर्ने नगरपालिका कर्मचारी पक्राउ


दार्चुलामा कृषि अनुदान रकम हिनामिना गर्न खोजेको आरोपमा शैल्यशिखर नगरपालिकाका दुई कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा नगरपालिका कृषि शाखा प्रमुख दीपकराज विष्ट र भेटेरिनरी प्राविधिक जनकसिंह धामी छन् ।

दार्चुलाका प्रहरी प्रमुख डिएसपी प्रकाश दाहालका अनुसार उनीहरूलाई कृषक समूहका सचिव र कोषाध्यक्षको मृत्यु भएको भन्दै बैंकमा किर्ते कागजात बुझाएर दुई लाख २० हजार रुपैयाँ अनुदान रकम झिक्ने प्रयास गरेको अभियोगमा पक्राउ गरिएको हो।

पक्राउ परेका जनकसिंह धामी शैल्यशिखर नगरपालिकाका मेयर विजयसिंह धामीका छोरा हुन् । दाहालका अनुसार उनीहरूविरुद्ध लिखत सम्बन्धी किर्ते, जालसाजी र आपराधिक विश्वासघात अन्तर्गत किटानी जाहेरी दर्ता गरिएको छ ।

अनुसन्धानका लागि जिल्ला अदालतबाट सात दिनको म्याद लिएर प्रहरी अनुसन्धान अघि बढाइएको छ । उनीहरूले 'ओखर पकेट क्षेत्र' कार्यक्रमअन्तर्गत प्राप्त हुन लागेको अनुदान रकम झिक्न कृषक समूहका सचिव मञ्जु धामी र कोषाध्यक्ष जानकी धामीको मृत्यु भएको भनी ग्लोबल आईएमई बैंक, गोकुलेश्वर शाखामा कागजात बुझाएका थिए।

बैंकले आशंका लागेपछि प्रहरीलाई जानकारी दिएको र त्यसपछि उनीहरू पक्राउमा परेका हुन् । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट