Techie IT
२०८३ असोज २८, बुधबार

खुकुरी प्रहार गरी भाइको हत्या गरेको आरोपमा दाजु पक्राउ


ताप्लेजुङ - ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-४ आहालेका २२ वर्षीय मनकुमार विकलाई आफ्नै भाइको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार साँझ ६ बजे दाजुभाइबीच सामान्य विवादको क्रममा दाजु मनकुमारले भाइ २० वर्षीय रोशन विकलाई खुकुरी प्रहार गर्दा उनको  घटनास्थलमा नै मृत्यु भएको थियो।

घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरी टोलीले मनकुमारलाई खुकुरीसहित नियन्त्रणमा लिएको हो।

खुकुरी प्रहार गरी भाइको हत्या गर्ने विकलाईजिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट