Techie IT
२०८३ असोज २७, मंगलबार

कोरिया पठाइदिने बहानामा १ करोडभन्दा बढी ठगी गर्ने महिला पक्राउ


वैदेशिक रोजगारीको लागि कोरिया पठाइदिने बहानामा ठगी गरेको आरोपमा एक जना महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा ताप्लेजुङ सिरिजंघा गाउँपालिका-१ की ३८ वर्षीय सहारा सुब्बा थेवे रहेकी छिन्। उनलाई ललितपुर हरिसिद्धीबाट बुधबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेशकुमार बस्नेतले बताए।

थेवेले ९ जना पीडित व्यक्तिलाई कोरिया पठाइदिने बहानामा १ करोड ८ लाख ३० हजार रुपैयाँ ठगी गरेको बस्नेतले बताए। दीपक थापासहितका व्यक्तिले वैदेशिक रोजगार विभागमा उजुरी गरेपछि विभागले प्रहरीलाई पक्राउ गर्न पत्राचार गरेको थियो।

कोरिया जानको लागि सरकारले इपिएस भाषा परीक्षा प्रणाली लागू गरेको छ। भाषा परीक्षा पास भएका व्यक्तिलाई सरकारले नै प्रतिस्पर्धाबाट कोरिया पठाउने गरेको छ। तर, थेवेले कोरिया पठाउने बहाना बनाएर रकम असुली गरेकी थिइन्। सर्वसाधारणलाई विदेश नपठाई रकम मात्रै संकलन गरेर फरार भएपछि पीडित विभागमा पुगेका थिए।

पक्राउ परेकी थेवेलाई थप अनुसन्धान तथा कारबाहीको लागि विभागमै पठाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट