Techie IT
२०८३ श्रावण ८, शुक्रबार

सर्बिया र रुस पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ


वैदेशिक रोजगारीका नाममा सर्बिया र रुस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका–८ बस्ने, बाराको कोल्हवी नगरपालिका–४ घर भएका २६ वर्षीय कार्तिककुमार चौधरी र काठमाडौँ महानगरपालिका–१६ बस्ने, इलाम नगरपालिका–१ घर भएका २८ वर्षीय मनोज दाहाल रहेका छन्।

कार्तिकले सर्बिया पठाइदिन्छु भन्दै १६ जनाबाट ४२ लाख रुपैयाँ र मनोजले रुस पठाइदिन्छु भन्दै १ जनाबाट ८ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको पीडितहरूको उजुरीका आधारमा प्रहरी कारबाही गरिएको हो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले कार्तिकलाई ललितपुर महालक्ष्मी नगरपालिका–८ बाट र मनोजलाई काठमाडौँ महानगरपालिका–१२ बाट पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट