Techie IT
२०८२ भाद्र १७, मंगलबार

सर्बिया र रुस पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ


वैदेशिक रोजगारीका नाममा सर्बिया र रुस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका–८ बस्ने, बाराको कोल्हवी नगरपालिका–४ घर भएका २६ वर्षीय कार्तिककुमार चौधरी र काठमाडौँ महानगरपालिका–१६ बस्ने, इलाम नगरपालिका–१ घर भएका २८ वर्षीय मनोज दाहाल रहेका छन्।

कार्तिकले सर्बिया पठाइदिन्छु भन्दै १६ जनाबाट ४२ लाख रुपैयाँ र मनोजले रुस पठाइदिन्छु भन्दै १ जनाबाट ८ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको पीडितहरूको उजुरीका आधारमा प्रहरी कारबाही गरिएको हो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले कार्तिकलाई ललितपुर महालक्ष्मी नगरपालिका–८ बाट र मनोजलाई काठमाडौँ महानगरपालिका–१२ बाट पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट