Techie IT
२०८३ जेष्ठ ८, शुक्रबार

बाँकेमा खसी किन्ने विवादमा कुटाकुट, एक जनाको मृत्यु


बाँकेमा खसी किन्ने क्रममा उत्पन्न विवादपछि दुई समूहबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका–५ का ५२ वर्षीय जाबिद अली बेहना रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

शुक्रबार बिहान बेहनाले किन्न ठिक्क पारेको खसी अर्कैले उठाएपछि विवाद भएको थियो। त्यस क्रममा दुई समूहबीच झडप हुँदै ढुंगा हानाहानसमेत भएको प्रहरीको भनाइ छ।

प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीका अनुसार ढुंगा लागेर घाइते भएका जाबिदलाई उपचारका लागि अस्पताल लगिएको थियो। तर दिउँसो साढे २ बजेतिर उनको मृत्यु भएको हो।

घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

एक स्थानीयवासीका अनुसार विवादमा संलग्न दुवै पक्ष आपसमा सालो–भेना भएको बताएका छन्। तर मृतक बेहना सालो वा भेना को हुन् भन्नेबारे प्रहरी अनुसन्धान जारी छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट