Techie IT
२०८३ जेष्ठ ७, बिहीबार

नयाँ बानेश्वर, कोटेश्वर र नरेफाँट प्रहरी युनिटमा आगजनीगर्ने ६ जना पक्राउ


जेनजी आन्दोलनका क्रममा काठमाडौंका विभिन्न प्रहरी युनिटमा आगजनी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

भदौ २४ गते आन्दोलन उग्र बन्दै गएपछि उच्छृङ्खल समूहले नयाँ बानेश्वरस्थित प्रहरी वृत्त, कोटेश्वर प्रहरी प्रभाग र नरेफाँट प्रहरी युनिटमा आगजनी गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा रौतहटका १९ वर्षीय अंशु कुमार गुप्ता, सप्तरीका २८ वर्षीय देवराज राय ‘रवि’, सर्लाहीका १८ वर्षीय मुकेश शाह ‘अजय’, धनुषाका १९ वर्षीय अजय कुमार शाह ‘हिरो’, रौतहटका २४ वर्षीय लक्किबाबु जैसवाल र रौतहटको गरुडा घर भएका १८ वर्षीय मोटे भनिने शैरव यादव रहेका छन्।

आगजनीपछि लुटिएको ग्यास सिलिन्डर र खोका समेत बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले जानकारी दिए। उनका अनुसार पक्राउ परेकामध्ये कोही पनि राजनीतिक दलसँग आबद्ध छैनन्। अधिकांश विद्यार्थी पृष्ठभूमिका भएको बताइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट