Techie IT
२०८३ जेष्ठ ७, बिहीबार

कुपण्डोल र हनुमानस्थान प्रहरी प्रभागमा आगजनी प्रकरणमा दुई जना पक्राउ


जेनजी आन्दोलनका क्रममा ललितपुरस्थित कुपण्डोल र हनुमानस्थान प्रहरी प्रभागमा तोडफोड तथा आगजनी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२ की २४ वर्षीया सृष्टि तामाङ र बैतडी मेलौली घर भई कुपण्डोल बस्ने २४ वर्षीय धिरेन्द्र चन्द रहेका छन्।

उनीहरूले भदौ २४ गते दुवै प्रहरी कार्यालयमा आगजनी र लुटपाटमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार पक्राउ परेकामाथि आपराधिक उपद्रव तथा सङ्गठित अपराध मुद्दामा म्याद लिएर थप अनुसन्धान भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट