Techie IT
२०८२ असोज २८, मंगलबार

भीमफेदी कारागारबाट फरार कैदीलाई असोज २० भित्र फर्कन अल्टिमेटम


मकवानपुरको भीमफेदी कारागार प्रशासनले गत भदौ २५ गते कारागारबाट फरार भएका कैदीबन्दीहरूलाई असोज २० गते सोमबारसम्ममा कारागारमा फर्कन अन्तिम चेतावनी दिएको छ।

आइतबार जारी गरिएको सार्वजनिक सूचनामा तोकिएको समयभित्र नफर्के कारागार ऐन २०१९ र प्रचलित कानुनअनुसार थप सजाय हुने उल्लेख गरिएको छ। सूचनामा भनिएको छ, “यस भीमफेदी कारागारबाट भदौ २५ गते फरार भई फर्किन बाँकी कैदीबन्दीहरू असोज २० गते सोमबारसम्म कारागार फर्की आउन सूचित गरिन्छ, अन्यथा सो समयभित्र नफर्केमा कानुनबमोजिमको थप सजाय हुनेछ।”

कारागार प्रशासनले फरार कैदीबन्दीहरूलाई लुकाउने, छिपाउने वा कुनै किसिमको आश्रय दिने व्यक्तिलाई पनि कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ। साथै, प्रशासनले फरार कैदीबन्दीको खोजीमा सहयोग गर्न परिवार, समुदाय, नागरिक समाज, सञ्चारकर्मी, व्यवसायी तथा आम नागरिकलाई अपिल गरेको छ । फरार कैदीबन्दीको अवस्थाबारे कुनै जानकारी भएमा कारागार प्रशासनलाई खबर गर्न आग्रह गरिएको छ।

यसका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान अधिकृत, सरकारी वकिल र कारागार प्रशासक सदस्य रहेको एक समिति गठन गरिएको कारागार प्रशासनले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट