Techie IT
२०८३ भाद्र ११, बिहीबार

न्युजिल्यान्डमा रोजगारी दिने नाममा १० लाख ठगी


प्रहरीले वैदेशिक रोजगारीको प्रलोभन देखाएर १० लाख रुपैयाँ ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार पक्राउ पर्ने व्यक्ति सुनसरी, इनरुवा नगरपालिका–१ का ३८ वर्षीय विशाल कटुवाल हुन् उनि हाल काठमाडौं, कीर्तिपुर नगरपालिका–११ बस्दै आएका थिए।

उच्च तलबको प्रलोभन देखाएर बेरोजगार युवायुवतीलाई न्युजिल्यान्ड पठाइदिने भन्दै सम्पर्कविहीन बनेको उजुरीका आधारमा कटुवाललाई पक्राउ गरिएको प्रवक्ता आचार्यले जानकारी दिए।

कीर्तिपुरबाट पक्राउ परेका कटुवाललाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट