Techie IT
२०८२ चैत्र १९, बिहीबार

निलम्बित मेयरसहित ८ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दामा सुनुवाइ हुदै


विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापासहित ८ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दामा सुनुवाइका लागि पेसी तोकेको छ।

न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, उमेश कोइराला र विदुर कोइरालाको इजलासमा उक्त मुद्दाको सुनुवाइ हुने तय भएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर थापासहित उपमेयर लीलाकुमार मोक्तान र पूर्वमन्त्री विजयकुमारविरुद्ध जनही ५६ करोड ७१ लाख रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको छ।

यसैगरी, विमलकुमार पोखरेल, सागर पौडेल, विश्वराज पोखरेल, निरञ्जन लामिछाने, गोकुल भुजेल र लीलाकुमारी मुक्तानलाई पनि विपक्षी बनाइएको छ।

अभियोग अनुसार, माछापोखरी निर्माणका नाममा वन क्षेत्र अतिक्रमण गरी ढुङ्गा, गिट्टी, बालुवा र माटो उत्खनन गरेर गैरकानुनी संरचना निर्माण गरिएको छ। यस कार्यले साबिक वन ऐन, २०४९ तथा प्रचलित वन ऐन, २०७६ उल्लङ्घन गरेको आरोप छ।

अख्तियारका अनुसार सागरनाथ वन विकास परियोजनाअन्तर्गत पर्ने बागमती नगरपालिका वडा नं. ४ र १२ को वन क्षेत्रमा अतिक्रमण गरी माछापोखरी निर्माणको बहानामा सङ्घ र प्रदेश सरकारबाट करोडौँ रकम विनियोजन गराई हिनामिना गरिएको हो।

यस्तै, मधेस प्रदेश सरकारबाट पटक–पटक अनुदान लिइएको र निर्माण सम्पन्न नभइसकेकै अवस्थामा तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमारले ३० करोड रुपैयाँ अनुदान दिन एमओयूमा हस्ताक्षर गरेको आरोपसमेत लगाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट