Techie IT
२०८३ भाद्र ११, बिहीबार

एमाले नेता कर्णबहादुर मल्लविरुद्ध बलात्कार मुद्दा दर्ता


नेकपा एमाले कर्णाली प्रदेशका नेता कर्णबहादुर मल्लविरुद्ध बलात्कार अभियोगमा ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

एक महिलाको जाहेरीका आधारमा मल्लविरुद्ध बलात्कार तथा गर्भ संरक्षणविरुद्धको कसुर सम्बन्धी मुद्दा दर्ता गरिएको हो। यसअघि मल्ललाई गत चैत १४ गते प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।

पीडित महिलाले दिएको उजुरीमा आफू गीत गाउने पेशामा संलग्न रहेको र सोही क्रममा चिनजान भएका मल्लले आफूमाथि जबरजस्ती करणी गरेको आरोप लगाएकी छन्।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट