Techie IT
२०८३ असार २५, बिहीबार

संवैधानिक परिषद्को निर्णयविरुद्ध नेपाल बारको आकस्मिक बैठकले के निर्णय लेला?


संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा चौथो वरियताका न्यायाधीश डा. मनोजकुमार शर्मालाई सिफारिस गरेपछि नेपाल बार एसोसिएसनले आकस्मिक बैठक बोलाएको छ। परिषद्को यो निर्णयले न्यायपालिकामा 'रोलर कोस्टर' ल्याएको भन्दै बारले आज दिउँसो २ बजेका लागि बैठक आह्वान गरेको हो।

बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले वरिष्ठताको रोलक्रममा अगाडि रहेका तीन न्यायाधीशलाई पन्छाउँदै चौथो नम्बरमा रहेका शर्मालाई प्रधानन्यायाधीश बनाउने निर्णय गरेको थियो। बारका अध्यक्ष डा. विजय मिश्रका अनुसार, यो सिफारिसले स्थापित न्यायिक मूल्य-मान्यता र वरिष्ठताको सिद्धान्तमाथि प्रश्न उठाएकाले यसबारे संस्थागत धारणा बनाउन बैठक बस्न लागेको हो।

बैठकमा बारका सल्लाहकार, संविधानविद्, वरिष्ठ कानुनविद् र पूर्वपदाधिकारीहरूलाई विशेष निमन्त्रणा गरिएको छ। विज्ञहरूको सुझाव र परामर्शपछि बारले आधिकारिक धारणा सार्वजनिक गर्नेछ। न्यायपालिकाको नेतृत्व चयनमा राजनीतिक हस्तक्षेप र वरियताको उपेक्षा भएको भन्दै बारले कडा विरोधका कार्यक्रम ल्याउन सक्ने सङ्केत गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट