Techie IT
२०८३ वैशाख ३०, बुधबार

मधेशमा पहिलोपटक ‘न्यायिक महोत्सव’ सुरु हुँदै, नागरिकसँग दूरी घटाउने प्रयास


मधेश प्रदेशमा पहिलो पटक ‘न्यायिक महोत्सव’ आजदेखि जनकपुरधाममा सुरु हुँदै छ । न्यायिक सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यसहित उच्च अदालत जनकपुरले महोत्सव आयोजना गर्न लागेको हो ।

उच्च अदालत जनकपुरका कायममुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवरका अनुसार महोत्सवमार्फत अदालतको कार्यप्रगति, मुद्दा फर्स्योटको अवस्था, सेवा प्रवाह तथा आगामी न्यायिक योजनाबारे नागरिकलाई जानकारी गराइनेछ ।

उनले अदालतको समग्र कार्यसम्पादन, मुद्दा व्यवस्थापन प्रणाली, पुराना मुद्दा फर्स्योटको प्रगति तथा न्यायिक प्रक्रियाबारे सर्वसाधारणलाई सहज रूपमा बुझाउने उद्देश्यले ‘न्यायिक मेला’ आयोजना गरिएको बताए ।

मुख्य न्यायाधीश कुँवरले न्यायपालिकाप्रति नागरिकको विश्वास कायम राख्न छिटो, निष्पक्ष र प्रभावकारी न्याय सम्पादन अपरिहार्य रहेको उल्लेख गरे । उनका अनुसार अदालतले विशेष रूपमा पुराना मुद्दा फछ्र्योटलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

उनले न्यायमा नागरिकको पहुँच विस्तार गर्न सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहने विश्वास व्यक्त गरेका छन् ।

कुँवरका अनुसार ‘न्यायिक मेला’लाई न्यायपालिका र नागरिकबीचको दूरी घटाउने माध्यमका रूपमा लिइएको छ । मेलामार्फत अदालतको सेवा, न्यायिक प्रक्रिया, वैकल्पिक विवाद समाधान, कानुनी सहायता तथा नागरिक अधिकारसम्बन्धी जानकारी सर्वसाधारणसम्म पुर्‍याइने जनाइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट