Techie IT
२०८३ वैशाख ३०, बुधबार

लागुऔषध सेवन गरेर बस चलाउने १७ चालक पक्राउ


रुपन्देहीमा लागुऔषध सेवन गरेर सार्वजनिक सवारी साधन चलाइरहेका १७ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले “अपरेसन डेल्टा” सञ्चालन गर्दै सिद्धार्थ राजमार्गसहित विभिन्न भित्री सडकखण्डमा आकस्मिक चेकजाँच गर्दा उनीहरू पक्राउ परेका हुन्।

सार्वजनिक सवारीका चालकहरूले लागुऔषध सेवन गरेर सवारी चलाइरहेको विशेष सूचनाका आधारमा संयुक्त टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए।

अभियानमा जिल्ला प्रहरी कार्यालय रुपन्देही, लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा, जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही तथा नेपाल लुम्बिनी प्रादेशिक प्रहरी अस्पताल नेपालगञ्जका प्राविधिक चिकित्सकको सहभागिता रहेको थियो।

प्रहरीका अनुसार यात्रु बोकेर सञ्चालनमा रहेका सार्वजनिक सवारीका १०० जना चालकको युरिन परीक्षण गरिएको थियो। परीक्षणका क्रममा १७ जनामा लागुऔषध सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका चालकविरुद्ध लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार आवश्यक कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ। साथै, लागुऔषध सेवन गरेर सवारी चलाउँदा ठूलो दुर्घटना र धनजनको क्षति हुन सक्ने भएकाले यस्ता अभियानलाई निरन्तरता दिइने प्रहरीको भनाइ छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट