Techie IT
२०८३ भाद्र ११, बिहीबार

५०० मिटर तल खस्यो गाडी, वडासदस्यको मृत्यु


पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा गएराति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार आर्थरडाँडाखर्कस्थित वडा कार्यालयबाट चरीपानीतर्फ जाँदै गरेको ग१ज ५८६५ नम्बरको जिप अँधेरीनेटा क्षेत्रमा दुर्घटनाग्रस्त भई सडकबाट करिब ५०० मिटर तल खसेको थियो।

दुर्घटनामा कुश्मा नगरपालिका–१४ का वडासदस्य ५२ वर्षीय केशवराज पौडेल गम्भीर घाइते भएका थिए। टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि पोखरा लगिएको थियो। तर उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनामा जिप चालक २७ वर्षीय बुद्धिसागर पौडेल र ४६ वर्षीय राजेन्द्र पौडेल घाइते भएका छन्। उनीहरूको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट