Techie IT
२०८३ असोज ८, बिहीबार

नाबालिका बलात्कार अभियोगमा दुई जना पक्राउ


इलाममा ११ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा चुलाचुली गाउँपालिका-३ बस्ने ३२ वर्षीय राज कुमार मगर र झापाको कमल गाउँपालिका-५ घर भएका ५३ वर्षीय डिल्ली प्रसाद दुलाल रहेका छन्। उनीहरूलाई प्रहरीले मंगलबार दिउँसो नियन्त्रणमा लिएको हो।

चुलाचुली गाउँपालिका-५ शिखर कटेरी बस्ने ६० वर्षीय पाराङ तामाङसहित राज कुमार र डिल्ली प्रसादले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा प्रहरी चौकी पेल्टीमारीबाट खटिएको टोलीले दुई जनालाई पक्राउ गरेको हो। घटनामा संलग्न भनिएका ६० वर्षीय पाराङ तामाङ भने हाल फरार रहेका छन्।

प्रहरीले फरार तामाङको तीव्रताका साथ खोजी गर्नुका साथै घटनाबारे थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट