कुवेत पठाइदिन्छु भन्दै ठगी गर्ने २४ वर्षीय नुरूला भक्तपुरबाट पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर कुवेत पठाइदिन्छु भन्दै ठगी गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३, लोकन्थलीबाट सप्तरीको सुरङ्गा नगरपालिका–५ घर भई हाल लोकन्थली बस्ने २४ वर्षीय मोहमद नुरूलालाई सोमबार पक्राउ गरेको हो।
महोमदले एक पीडितलाई कुवेत पठाउने प्रलोभन देखाएर १ लाख ५ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए। पीडितको उजुरीको आधारमा खोजी गर्ने क्रममा उनलाई लोकन्थलीबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका नुरूलालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस