कटुवा पेस्तोल र गोलिसहित भारतीय नागरिक पक्राउ
सर्लाहीको मलङ्गवा नगरपालिकाबाट अवैध हतियारसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। जिल्लाको मलङ्गवा नगरपालिका-१२ चमेलीमाई मन्दिर नजिकैबाट कटुवा पेस्तोल १ थान र २ राउण्ड गोलीसहित भारतको बिहार राज्य, सीतामढी सोनबर्षा बस्ने २८ वर्षीय नबिन महतोलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय हरिपुरलगायतका स्थानबाट खटिएको संयुक्त प्रहरी टोलीले शङ्कास्पद रूपमा हिँडिरहेका महतोलाई उक्त हतियारसहित नियन्त्रणमा लिएको हो। प्रहरीले उनको साथबाट हतियारका साथै उनले प्रयोग गर्दै आएको ‘बीआर ३० एटि ८९६१’ भारतीय नम्बर प्लेटको मोटरसाइकलसमेत बरामद गरेको छ।
पक्राउ परेका महतोमाथि हातहतियार तथा खरखजाना कसूर अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस