Techie IT
२०८२ भाद्र ६, शुक्रबार

प्रहरीमाथि आक्रमण गर्ने जोसुकैलाई कारबाही गर्छौँ : गृहमन्त्री लेखक


गृहमन्त्री रमेश लेखकले पछिल्ला दिनहरूमा प्रहरी कर्मचारीमाथि भइरहेका कुटपिट तथा दुर्व्यवहारका घटनामा संलग्न जोसुकै भए पनि कडा छानबिन गरी कारबाही गरिने चेतावनी दिएका छन् ।

आज बिहान गृह मन्त्रालयमा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरसहित उच्च पदस्थ प्रहरी अधिकारीहरूसँगको छलफलमा मन्त्री लेखकले शान्ति सुरक्षामा खलल पुर्‍याउने घटनाहरूलाई सरकारले गम्भीर रूपमा लिएको बताए ।

केही दिनयता देशका विभिन्न ठाउँमा सुरक्षाकर्मीमाथि कुटपिट तथा दुर्व्यवहारका घटनाहरू सार्वजनिक भइरहेका छन् । यी घटनाहरूले शान्ति सुरक्षामा असर पुर्‍याउन सक्ने भन्दै मन्त्री लेखकले यस्ता कार्यमा संलग्न जो कोहीलाई कानुनी कारबाहीको दायरामा ल्याइने स्पष्ट गरे ।

“शान्ति सुरक्षामा खटिएका प्रहरी कर्मचारीमाथि जाइलाग्ने जो कोही भए पनि कानुनी प्रक्रियाबाट कारबाही गर्न निर्देशन दिइसकेको छु,” मन्त्री लेखकले भने।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट