रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि सर्वोच्चमा सुनुवाइ हुँदै

पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरण (हाबीएस् कर्पस) निवेदनमाथि आज बिहीबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
सर्वोच्च अदालतले मंगलबारदेखि निवेदनमाथि प्रारम्भिक सुनुवाइ थालेको थियो । तर बुधबार संवैधानिक इजलासको बैठक परेको कारण बन्दीप्रत्यक्षीकरणसम्बन्धी मुद्दा पेशीमा आउन सकेन । आज न्यायाधीश डा. नहकुल सुवेदी र न्यायाधीश बालकृष्ण ढकालको संयुक्त इजलासले सुनुवाइलाई निरन्तरता दिनेछ ।
उक्त निवेदन लामिछानेकी पत्नी निकिता पौडेलले दायर गरेकी हुन् । निवेदनमा लामिछानेलाई गैरकानुनी रुपमा पक्राउ गरी थुनामा राखिएको उल्लेख गर्दै तत्काल रिहाइको माग गरिएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस