Techie IT
२०८२ फागुन २, शनिबार

सर्वोच्च अदालतले मानवीय व्यवहार गरेन : निकिता पौडेल


सहकारी बचत रकम अपचलन मुद्दामा थुनामा रहेका उपप्रधानमन्त्री तथा पुर्व गृहमन्त्री रवि लामिछानेको पत्नी निकिता पौडेलले सर्वोच्च अदालतले न्याय र मानवीय व्यवहार दुबै नगरेको आरोप लगाएकी छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाइका क्रममा सर्वोच्च अदालतको भूमिकाप्रति असन्तुष्टि जनाएकी हुन् ।

"अदालतले न्याय त दिएन, दिएन, मानवीय व्यवहार पनि गरेन", निकिताले लेखेकी छन्।

उनले गैरकानुनी रूपमा थुनिएको भन्दै दायर गरिएको रिटमा पनि अदालतले मौनता साँधेको टिप्पणी गरेकी छन्। "नियत नै राखेर थुनियो। गैरकानुनी पक्राउबारे परेको रिटमा अदालतले एक शब्द पनि बोलेन", निकिताको भनाइ छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट