Techie IT
२०८२ भाद्र ४, बुधबार

जसपाका सांसद कुशवाहाको घरमा अख्तियारको छापा, स्वकीय सचिव नियन्त्रणमा


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश सांसद सरोजसिंह कुशवाहाको घरमा छापा मारेको छ । महोत्तरी क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित सांसद कुशवाहाको घरमा गरिएको छापामारीका क्रममा उनका स्वकीय सचिव विनोदकुमारलाल कायस्थलाई अख्तियारले नियन्त्रणमा लिएको छ ।

अख्तियार स्रोतका अनुसार छापामारीको क्रममा योजनासँग सम्बन्धित विभिन्न कागजातहरू समेत बरामद गरिएको छ । स्रोतले जानकारी दिएअनुसार स्वकीय सचिव कायस्थ नियन्त्रणमा लिइए पनि सांसद कुशवाहा भने हालसम्म सम्पर्कविहीन रहेका छन् ।

गोप्य सूचनाको आधारमा अख्तियारको टोलीले छापा मारेको हो । सूचना अनुसार मधेश प्रदेश सरकारबाट सांसद कुशवाहालाई प्राप्त योजनाहरू अन्यलाई बिक्री गरिएको आशंकामा अनुसन्धान अगाडि बढाइएको जनाइएको छ ।

कुशवाहा यसअघि मधेश प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीको जिम्मेवारीमा थिए। उनी महोत्तरी ४ (ख) बाट दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट