Techie IT
२०८३ जेष्ठ १०, आइतबार

निलम्बनमा परेका पाण्डेविरुद्ध आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदै


काठमाडौं महानगरपालिकाको महानगर प्रहरी प्रमुखबाट निलम्बनमा परेका राजुनाथ पाण्डेले उक्त निर्णयविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेका छन् ।

पाण्डेले आफूलाई अन्यायपूर्ण रूपमा निलम्बन गरिएको दाबी गर्दै जेठ २५ गते उच्च अदालत पाटनमा रिट दायर गरेका हुन्। सो रिटमा अदालतले प्रारम्भिक सुनुवाइका लागि आज दुबै पक्षलाई बोलाएको छ । अदालतले जेठ २७ गते नै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे छलफलका लागि सम्बन्धित पक्षहरूलाई उपस्थित हुन आग्रह गरेको हो ।

रिटमा पाण्डेले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह, उपप्रमुख सुनिता डंगोल, प्रशासकीय अधिकृत सरोज गुरागाईं, महानगर प्रहरी बलका निमित्त प्रमुख विष्णु जोशी र नगर कार्यपालिका कार्यालयलाई विपक्षी बनाएका छन् ।

महानगरपालिकाका प्रशासकीय अधिकृत गुरागाईंले जेठ २० गते पाण्डेलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेका थिए । उक्त निर्णयको केही दिनअघि अर्थात् चैत २१ गते गुरागाईं कार्यालय पुगेका बेला पाण्डेले हुलहुज्जत गरेको भन्दै जेठ ६ गते स्पष्टीकरण समेत सोधिएको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट