Techie IT
२०८२ असार १४, शनिबार

बञ्चरोले हानेर दाइले भाइको हत्या


अर्घाखाँचीमा बञ्चरो प्रहार गरी सहोदर दाइले भाइको हत्या गरेका छन् । शितगङ्गा नगरपालिका–६ पाखापानी निवासी ४२ वर्षीय विष्णुबहादुर वादीले आफ्नै ३२ वर्षीय भाइ बमबहादुर वादीको बञ्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन् ।

घटना घटाएर फरार रहेका अभियुक्तलाई भाग्ने क्रममा इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीको टोलीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक मल्लको भनाइ छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट