Techie IT
२०८३ असोज २, शुक्रबार

विदेशी महिलाको चरित्र हत्या गरेको आरोपमा बाँकेबाट युवक पक्राउ


सामाजिक सञ्जालमार्फत विदेशी महिलाको चरित्र हत्या गरेको अभियोगमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ का २३ वर्षीय प्रशान्त जयसवाल पक्राउ परेका छन्। उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा उनलाई पक्राउ गरेको हो। पीडित विदेशी महिलासँग सामाजिक सञ्जालमार्फत चिनजान गरी प्रेम सम्बन्धमा रहेका बेला खिचेका तस्बिरहरू उनका आफन्त तथा परिवारजनलाई पठाएर चरित्र हत्या गरेको खुलेपछि उनलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका जयसवालविरुद्ध जिल्ला अदालत काठमाडौंबाट विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट