अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजनामा नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन शनिवारदेखि अमेरिकाको कोलोराडोमा भव्यताका साथ सुरु भएको छ।सम्मेलनको उद्घाटन मदन पुरस्कार विजेता एवं प्रमुख अतिथि डा. नवराज लम्साल, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, वर्तमान अध्यक्ष सर्वज्�...