Techie IT
२०८३ असोज २८, बुधबार

वडा अध्यक्ष रिमालको निधन, गाउँपालिकामा शोक दिवस घोषणा


तारकेश्वर गाउँपालिका–६ का वडा अध्यक्ष तथा गाउँ कार्यपालिकाका सदस्य नारायण प्रसाद रिमालको ४५ वर्षको उमेरमा निधन भएको छ। सोमबार बिहान काठमाडौंस्थित वीर अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो।

गाउँपालिकाले एक शोक विज्ञप्ति जारी गर्दै वडा अध्यक्ष रिमालले गाउँपालिकाको विकास, समन्वय र सेवा प्रवाहमा पु¥याएको योगदान सदैव स्मरणीय रहने जनाएको छ। गाउँपालिकाले उनको दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

गाउँकार्यपालिकाको निर्णय अनुसार सोमबारको दिनलाई ‘शोक दिवस’ घोषणा गरिएको छ। तारकेश्वर गाउँपालिका क्षेत्रभित्रका सबै सरकारी तथा सार्वजनिक कार्यालयहरू र शैक्षिक संस्थाहरूमा विदा दिइएको छ। साथै, सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरिएको गाउँपालिका अध्यक्ष शिव अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट