Techie IT
२०८२ भाद्र ६, शुक्रबार

डेंगु नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाको मेगा अभियान आजदेखि


काठमाडौं महानगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि आज एकदिने मेगा अभियान सञ्चालन गर्दैछ। ‘वाक एन्ड एक्ट’ नाम दिइएको उक्त अभियान बिहान ८ बजे राष्ट्रिय सभागृहबाट सुरु हुनेछ।

महानगरपालिकाको स्वास्थ्य विभाग प्रमुख दिपक कुमार केसीका अनुसार, अभियान अन्तर्गत लामखुट्टे बस्ने स्थानहरू नष्ट गर्ने, लामखुट्टेको टोकाइबाट बच्ने उपायबारे जनचेतना जगाउने, माइकिङलगायतका गतिविधि सञ्चालन हुनेछन्।

गत साउन २७ गतेको विभागीय निर्णयअनुसार, महानगर अन्तर्गतका सबै वडामा एकैपटक डेंगु नियन्त्रणका गतिविधि सञ्चालन गर्ने तयारी गरिएको छ। यसअघि भने महानगरले हरेक शुक्रबार यस्तो अभियान सञ्चालन गर्दै आएको थियो।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट