Techie IT
२०८२ फागुन ९, शनिबार

धरान उपमहानगरको २ अर्ब २० करोडको बजेट सार्वजनिक


धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि दुई अर्ब २० करोड ७४ लाख ५९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। उपप्रमुख अइन्द्रविक्रम बेघाले शुक्रबार बसेको १७औँ नगरसभामा बजेट प्रस्तुत गरेका हुन्।

बजेटको स्रोतमा आन्तरिक राजस्व ८० करोड ५३ लाख, संघीय अनुदान ८९ करोड २९ लाख, प्रदेश अनुदान सात करोड ७३ लाख, राजस्व बाँडफाँट ३४ करोड १८ लाख, सडक बोर्ड दुई करोड र मौज्दात सात करोड रहने अनुमान गरिएको छ।

खर्चतर्फ सहरी योजना तथा पूर्वाधारमा ६६ करोड ९४ लाख, शिक्षा–युवा तथा खेलकुदमा ४६ करोड ८५ लाख, स्वास्थ्यमा छ करोड ९९ लाख, सामाजिक विकासमा चार करोड ८६ लाख, विपद् व्यवस्थापनमा दुई करोड ७४ लाखसहित विभिन्न क्षेत्रका लागि बजेट विनियोजन गरिएको छ।

नगरपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, सामाजिक विकास र विपद् व्यवस्थापनलाई प्राथमिकता दिएको जनाएको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट