Techie IT
२०८३ वैशाख १३, आइतबार

छोरीबुहारीलाई उच्च शिक्षामा लाखौँको छात्रवृत्ति दिदै भीमदत्त नगरपालिका


कञ्चनपुरको भीमदत्त नगरपालिकाले उच्च शिक्षामा महिलाको पहुँच बढाउने उद्देश्यसहित ‘छोरीबुहारी उच्च शिक्षा अध्ययन छात्रवृत्ति’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ।

नगर क्षेत्रभित्रका जेहेन्दार, दलित तथा विपन्न वर्गका छोरीबुहारीलाई उच्च शिक्षा अध्ययनमा सहयोग पुर्‍याउने लक्ष्यसहित यो कार्यक्रम सुरु गरिएको हो। कार्यक्रमअन्तर्गत प्राविधिक तथा व्यावसायिक शिक्षालाई विशेष प्राथमिकता दिइएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमका अनुसार एमबिबिएस अध्ययनका लागि दुई जनालाई जनही २ लाख रुपैयाँ र इन्जिनियरिङ अध्ययनका लागि तीन जनालाई जनही १ लाख रुपैयाँ छात्रवृत्ति प्रदान गरिनेछ।

यसैगरी नर्सिङ, फार्मेसी, विज्ञान, व्यवस्थापन, शिक्षा तथा मानविकी संकायमा अध्ययनरत छ जना छात्रालाई जनही ५० हजार रुपैयाँ उपलब्ध गराइनेछ।

“आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न कठिनाइ भोगिरहेका छात्रालाई राहत पुग्ने विश्वास लिएका छौँ,” प्रमुख प्रशासकीय अधिकृत बमले भने । विशेषगरी विवाहपछि पनि अध्ययनलाई निरन्तरता दिन चाहने छोरीबुहारीका लागि यो कार्यक्रम प्रभावकारी हुनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट