Techie IT
२०८३ असार २७, शनिबार

छविसपाथिभेरा गाउँपालिकाद्वारा चालु आर्थिक वर्षमा ८६ प्रतिशत भन्दा बढी बजेट खर्च


छविसपाथिभेरा गाउँपालिका अध्यक्ष, बसन्त चलाउने

बझाङको छविसपाथिभेरा गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट सफलतापूर्वक कार्यान्वयन गरेको जनाएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको विनियोजित बजेटलाई परिणाममुखी र सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने जनप्रतिनिधि, कर्मचारी, उपभोक्ता समिति तथा सम्पूर्ण नगरवासीलाई धन्यवाद समेत प्रकट गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर रावतका अनुसार पालिकाले कुल विनियोजित बजेटमध्ये चालुतर्फ ८७.४ प्रतिशत अर्थात् ३२ करोड ६० लाख ९२ हजार ३९३ रुपैयाँ खर्च गरेको छ ।

त्यस्तै, विकास निर्माणसँग जोडिएको पुँजीगततर्फ कुल बजेटको ८०.७७ प्रतिशत अर्थात् ७ करोड ४० लाख ८९ हजार ९५४ रुपैयाँ खर्च भएको छ । समग्रमा गाउँपालिकाले चालु आर्थिक वर्षमा ८६.०९ प्रतिशत वित्तीय प्रगति हासिल गर्न सफल भएको प्रमुख प्रशासकीय अधिकृत रावतले जानकारी दिए । स्थानीय तहहरूमा बजेट फ्रिज हुने समस्या देखिरहेका बेला छविसपाथिभेराले भने सन्तोषजनक रूपमा बजेट खर्च गर्न सफल भएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट