Techie IT
२०८३ श्रावण २२, शुक्रबार

१५ दिन कुराउँदा पनि गृहमन्त्रीले दिएनन् भेट, दुर्घटनाका घाइतेको लागि राहत माग्न गएका जनप्रतिनिधि निराश


गृह सचीव राजकुमार श्रेष्ठलाई मागपत्र पेश गर्ने दुर्गाथली गाउँपालिका अध्यक्ष र उपाध्यक्ष

असार २७ गते बझाङ जिल्लाको केदारस्यूँ गाउँपालिका–७, सुङ्गरे क्षेत्रमा बोलेरो जिप दुर्घटनाहुदाँ ३ जनाको  निधन भएको थियो भने ७ जना घाइते भएका थिए । दुर्घटना बझाङको विकट ठाउँमा भएको थियो । त्यो दिन पानी सँगै बाक्लो बादलले गर्दा सदरमुकामबाट घटनास्थलसम्म नेपाली सेनाको हेलिकप्टरले दुईचक्कर लगाउदा पनि हेलिकप्टर ल्यान्ड नहुदाँ घाइतेको हवाई उद्दार हुन सकेन । बेलुका करिब ३-४ बजेतिर दुर्घटना भएता पनि सडकबाट एम्बुलेन्सले उद्धारगरेर जिल्ला अस्पताल बझाङमा पुर्‍याउदा सम्म २८ गतेको विहानको २ बजेको थियो ।

शुरुमा जिल्ला प्रशासन कार्यालयबाट हेलिकप्टरका लागि माग गर्दापनि हेलिकप्टर उडेन किनकी हेलिकप्टरको खर्च कस्ले दिने भन्ने एकिन हुन नसक्दा आर्मिले हेलिकप्टर उडाएन । पछि स्थानिय पालिकाहरु दुर्गाथली गाउँपालिका र केदारस्युँ गाउँपालिकाले आधिकारिक चिठ्ठी पठाएर हेलिकप्टरको खर्च ब्यहोर्ने भनेपछि मात्र हेलिकप्टर बझाङ पुगेको थियो । 

अर्को दिन जिल्ला सदरमुकाम चैनपुरबाट गम्भिर घाइतेहरुलाई नेपालगंज र काठमाण्डौमा हेलिकप्टरबाट पुर्‍याइयो । जिल्लाका सिडियोको र दुर्गाथली गाउँपालिका अनि केदारस्युँ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको अहोरात्र खटनपटनले गम्भिर घाइतेहरुले समयमै अस्पतालमा उपचार पाए । दोस्रोदिन नै सिडियोको अध्यक्ष्यतामा जिल्ला विपद समितिको बैठक बसि जिल्लाका बार्हैवटा स्थानियतहले दुइलाख पचासहजार जिप दुर्घटनाका घाइतेहरुको उपचार र हेलिकप्टरको खर्चको लागि सहयोग गर्ने भन्ने निर्णय गरेको थियो ।

दुर्गाथली गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष घापतेहरुको अवस्था बुझ्न नेपालगंज र काठमाण्डौ सम्म पुगे । पालिकाबाट सक्दो राहत दिने घाइतेहरुलाई अस्पतालमै भेटेर प्रतिबद्धाता पनि जनाएका छन् । तर, त्यती ठूलो दुर्घटनामा संघिय सरकार भने अनभिज्ञ मात्र छैन विपद सम्बन्धी घटनाहरुहेर्ने गृहमन्त्री लाई भेट्न पालिका अध्यक्ष र उपाध्यक्षहरुले १५ दिन काठमाण्डौं बस्दापनि गृहमन्त्रीले समय दिएनन् । गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका सुधन गुरुङको सचिवालय सम्मले फोन कलमा रेस्पोन्स नगरेको पालिका अध्यक्ष र उपाध्यक्षको गुनासो छ ।

विशेष त हेलिकप्टर उडान गर्दा लागेको ३१ लाख खर्च र घाइतेहरुको उपचार खर्च संघिय सरकारले बेहोरिदियोस भन्ने प्रमुख माग रहेको दुर्गाथली गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाले बताएका छन् । 

दुइजना गम्भिर घाइतेहरुको काठमाण्डौंको ट्रमा सेन्टरमा उपचार भैरहेको छ । उनिहरुको उपचारमा अझै केहि समय लम्बिन सक्ने डाक्टरहरुले सल्लाह दिएका छन् । नयाँ शैलीमा शासन गर्ने गरि तडकभडकका साथ आएको रास्वपा सरकार र गृहमन्त्रीको वेवास्ताले विकटका जनताहरुको पिडामाथि पिडा थपिरहेको छ । 

घाइतेहरुको उपचारखर्च हाल सम्म दुर्गाथली गाउँपालिका र स्थानियहरुको चन्दा सहयोगबाट भैरहेको छ । ट्रमा सेन्टरमा उपचार भइरहेका गम्भिर घाइतेहरुको केहि महिनासम्म अस्पतालमा राखेरै उपचार गर्नुपर्ने भएकाले आर्थिक अभाव थेग्न नसकिने अवस्थामा पुग्ने भएको छ ।

आज दुर्गाथलीका अध्यक्ष दिल बहादुर थापा र उपाध्यक्ष जनक बहादुर दौल्यालले गृहसचिवलाई भेटेर आफ्नो माग पत्र पेश त गरेका छन् । तर, गृहमन्त्रीले फाईल क्याबिनेटमा लिएपछि मात्र राहत पाइने भएकाले गृहमन्त्रीले विषयको गाम्भिर्यतालाई मनन नगरी समय नमिलाउदा पालिकाका अध्यक्ष र उपाध्यक्षलाई निरास बनाएको छ । आज गृह सचिवलाई भेटिसकेपछि पालिका अध्यक्ष थापाले जनताको दुखको बेला गम्भिर विषय लिएर १५ दिनसम्म कुर्दापनि समय दिन नसकेको प्रति गृहमन्त्रीप्रति असन्तुष्टि ब्यक्त गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट