Techie IT
२०८२ भाद्र १९, बिहीबार

सार्वजनिक शौचालय उपलब्ध गराउने व्यवसायीलाई करमा छुट


काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालय सेवा प्रदान गर्ने व्यवसायीलाई व्यवसाय करमा छुट दिने व्यवस्था गरेको छ । आर्थिक वर्ष २०८२/८३ को बजेटमा महानगरले यस्तो नीति समावेश गरेको हो ।

महानगरको बजेटमा उल्लेख गरिएअनुसार, ‘महानगरपालिकासँगको सहकार्यमा सार्वजनिक शौचालय उपलब्ध गराउने निजी व्यवसायीको हकमा व्यवसाय करमा ४० प्रतिशतसम्म छुट दिइनेछ।’

बालेन शाह मेयरमा निर्वाचित भएपछिको अवधिमा निजी क्षेत्रलाई सार्वजनिक शौचालय सेवा प्रवाहमा सहभागिता जनाउन प्रोत्साहित गरिँदै आएको छ। त्यसैको निरन्तरतास्वरूप महानगरले कर छुटको व्यवस्था गरेको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट