Techie IT
२०८३ वैशाख ९, बुधबार

लोक सेवा आयोगले माग्यो प्राविधिक र स्वास्थ्य सेवामा १७० कर्मचारी


लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्य सेवातर्फका विभिन्न पदका लागि १७० जना कर्मचारी परिपूर्तिका लागि आवेदन खुला गरेको छ।

आयोगले बुधबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै निजामती सेवाको प्राविधिक समूहअन्तर्गत राजपत्रांकित तृतीय श्रेणी र स्वास्थ्य सेवाका सातौँ तथा आठौँ तहका पदहरूमा दरखास्त आह्वान गरेको हो।

उक्त पदहरूका लागि मंसिर १६ गतेसम्म आवेदन दिन सकिनेछ भने दोब्बर दस्तुर तिरेर मंसिर २३ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ।

आवेदन फारम आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत विद्युतीय रूपमा भर्न सकिनेछ। आवेदन दस्तुर प्रत्येक विज्ञापनका लागि १ हजार २०० रुपैयाँ र सोही पदका समावेशी विज्ञापनका लागि थप ४ सय रुपैयाँ तोकिएको आयोगले जनाएको छ।

विज्ञापन हेर्न तलको Pdf हेर्नुहोस्- 

 

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट