टाइगर श्राफ धमाकेदार कमब्याक तयारीमा, तीन ठूला एक्शन फिल्ममा देखिने

बलिउडका एक्सन स्टार टाइगर श्राफ बिस्तारै फिल्मी दुनियाँमा सक्रिय हुँदै गइरहेका छन्। ‘बागी ४’ पछि उनी लगातार नयाँ प्रोजेक्टमा जुटिरहेका छन्।
हर्षद्वारा निर्देशित र नाडियाडवाला ग्रान्डसन इन्टरटेनमेन्टद्वारा निर्मित ‘बागी ४’ आगामी सेप्टेम्बर ५ मा रिलिज हुँदैछ। यो फिल्मपछि टाइगर कम्तीमा दुई ठूला प्रोजेक्टमा आवद्ध भइसकेका छन्।
पिंकभिलाको रिपोर्टअनुसार टाइगरले निर्माता मुराद खेतानीसँग एक रोमाञ्चक हाई–कन्सेप्ट एक्सन थ्रिलर फिल्म साइन गरेका छन्। फिल्मको निर्देशन 'अवने श्रीमन्नार्यणा' फेम निर्देशक र अर्का निर्देशक सचिन रविले संयुक्त रूपमा गर्नेछन्।
यस फिल्मको संवाद 'जवान' र 'बॉर्डर २' का लेखक सुमित अरोराले लेखिरहेका छन्। प्रि-प्रोडक्सन सुरु भइसकेको छ भने ४५ दिनको छायांकन तालिकासहित यो फिल्म अक्टोबर २०२५ मा फ्लोरमा जाने तयारीमा छ। फिल्म सन् २०२६ मा सिनेमाघरमा रिलिज हुने अपेक्षा गरिएको छ।
मुराद खेतानी प्रोडक्सनको फिल्मसँगै टाइगरसँग करण जोहरको निर्माणमा बन्ने अर्को एक्सन फिल्म पनि लाइनमा छ। ‘लग जा गले’ नामको यस फिल्मलाई राज मेहताले निर्देशन गर्नेछन्। फिल्ममा टाइगरसँगै जान्हवी कपूर र लक्ष्य लालवानी मुख्य भूमिकामा रहनेछन्। रिभेन्ज–थिममा आधारित यो एक्सनर नोभेम्बर २०२५ मा फ्लोरमा जानेछ।
तपाईको प्रतिक्रिया दिनुहोस