Techie IT
२०८२ भाद्र १, आइतबार

कम चर्चा, ठूलो कलेक्सन: 'महावतार नरसिंह' ले पार गर्‍यो १०० करोड क्लब


बिना प्रचार–प्रसार रिलिज भएको एनिमेटेड फिल्म ‘महावतार नरसिंह’ ले बक्स अफिसमा चमत्कारिक सफलता हात पारेको छ। जुलाई २५ मा हलमा रिलिज भएको यो फिल्मले दर्शकको माउथ पब्लिसिटीको भरमा केवल १२ दिनमै १०० करोड क्लबमा प्रवेश गरेको हो।

१५ करोडको न्यून बजेटमा निर्माण गरिएको यो फिल्मले अहिलेसम्म १०६.०५ करोड रुपैयाँको कमाइ गरिसकेको छ। पहिलो दिन खासै उल्लेखनीय कलेक्सन नभए पनि, दर्शकहरूबीच सकारात्मक प्रतिक्रिया फैलिएसँगै फिल्मको कारोबार दिनप्रतिदिन बढ्दै गएको हो।

विशेषगरी बलिउडका ठूला स्टार कास्ट र भव्य प्रचारमा बनेका फिल्महरूलाई समेत पछि पार्दै ‘महावतार नरसिंह’ साताको सबै दिनमा बलियो कारोबार गरिरहेको छ। सैकनिल्कको प्रारम्भिक प्रतिवेदन अनुसार, १२औँ दिन फिल्मले ७.७५ करोड रुपैयाँ संकलन गरेको छ।

सायरा सँगको प्रतिस्पर्धा, तर उल्टो परिणाम
फिल्म रिलिज हुँदा सिनेमा हलमा ‘सायरा’ को चहलपहल थियो, जसले गर्दा ‘महावतार नरसिंह’ ले ठूलो कलेक्सन गर्ने अपेक्षा गरिएको थिएन। तर, दर्शकबाट प्राप्त असाधारण प्रतिक्रिया र समीक्षकहरूको समर्थनले फिल्मको व्यापार लगातार उकालो लाग्यो।

फ्रेन्चाइज विस्तार : थप ६ फिल्मको घोषणा
फिल्मको अप्रत्याशित सफलताबाट उत्साहित हुँदै निर्माण कम्पनी होम्बले फिल्म्सले ‘महावतार’ फ्रेन्चाइजका थप ६ चलचित्र निर्माण गर्ने घोषणा गरेको छ। निर्माण पक्षले सार्वजनिक गरेको अनुसार:

२०२७: महावतार परशुराम

२०२९: महावतार रघुनंदन

२०३१: महावतार द्वारकाधीश

२०३३: महावतार गोकुलानन्द

२०३५: महावतार कल्की पार्ट १

यी सबै फिल्महरू पौराणिक पात्रहरूको जीवनकथामा आधारित रहने छन्।

फिल्मको लागत केवल १५ करोड भए पनि अहिले सम्म फिल्मले सात गुणाभन्दा बढी आम्दानी गरिसकेको छ। यसले निर्माण कम्पनीलाई ठूलो व्यावसायिक लाभ दिलाएको छ, जसका आधारमा फ्रेन्चाइज विस्तारको निर्णय गरिएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट