Techie IT
२०८२ चैत्र १९, बिहीबार

सुपरहिट ‘बागी ४’ रिलिज, केही घण्टामै अनलाइन लिकले व्यापारमा धक्का


साजिद नाडियाडवालाको सुपरहिट फ्रान्चाइजीको नयाँ भाग ‘बागी ४’ शुक्रबारबाट सिनेमाघरमा रिलिज भएको छ। टाइगर श्राफको करियरकै महत्वपूर्ण फिल्म मानिएको यस चलचित्रप्रति दर्शकमा ठुलो उत्साह देखिएको छ। ट्रेलर रिलिज भएपछि नै फिल्मले चर्चा पाइसकेको थियो।

तर, रिलिज भएको केही घण्टामै फिल्म अनलाइन लिक भएपछि यसको बक्स अफिस कलेक्सनमा नकारात्मक असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ। पछिल्ला रिपोर्ट अनुसार बागी ४ विभिन्न पाइरेसी साइटमा एचडी संस्करणमा उपलब्ध भइसकेको छ, जसले दर्शकलाई नि:शुल्क हेर्ने अवसर दिएको छ। यस्तो घटनाले निर्माता–निर्देशकलाई ठूलो धक्का दिएको छ।

ए. हर्ष निर्देशित फिल्मले रिलिजअघि नै अग्रिम बुकिङमार्फत करिब ५ करोड रुपैयाँ कमाइसकेको थियो। सुरुवाती व्यापार अनुमान अनुसार पहिलो दिनमै फिल्मले करिब १० करोड रुपैयाँसम्म कमाउन सक्ने अपेक्षा गरिएको छ।

फिल्ममा टाइगर श्राफ ‘दिलजले आशिक’को भूमिकामा छन्। उनका अपोजिटमा हरनाज कौर सन्धु र सोनम बाजवा रहेका छन् भने सञ्जय दत्त खलनायकको भूमिका निभाएका छन्। कथा मुख्यतया टाइगर श्राफ वरिपरि घुम्छ, जो कोमामा पुगेको हुन्छ र आफ्नी प्रेमिकाको बारेमा सत्य पत्ता लगाउन कुनै पनि हदसम्म जान तयार हुन्छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट