Techie IT
२०८२ मंसिर २०, शनिबार

अभिनेत्री पूजा शर्मा आज विवाह बन्धनमा बाँधिँदै


अभिनेत्री पूजा शर्मा आज प्रेमी युद्ध बानियाँसँग विवाह बन्धनमा बाँधिँदै छन्। उनीहरूले लामो समयदेखि चलिरहेको प्रेम सम्बन्धलाई वैवाहिक रूप दिन लागेको स्रोतले जनाएको छ।

विवाह समारोह भक्तपुरको साँगास्थित पाँचतारे होटल फर्च्युनमा आयोजना गरिएको छ। समारोहमा दुवै पक्षका सीमित पारिवारिक सदस्य, आफन्त र निकट साथीहरूको मात्र उपस्थिति रहने बताइएको छ।

पूजा र युद्धबीचको प्रेम सम्बन्ध करिब छ वर्षअगाडि सुरु भएको हो। फिल्म ‘म यस्तो गीत गाउँछु २’ सार्वजनिक हुने समयमा पूजाले आफ्नो प्रेमबारे खुलासा गरेकी थिइन्। युद्धले औँठी लगाइदिएर प्रेम प्रस्ताव गरेको उक्त क्षणलाई पूजाले सार्वजनिक गरेकी थिइन्।

हाल पूजा र युद्धले झम्सिखेलमा संयुक्त रूपमा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट