विराट कोहलीको टेस्ट संन्यास : एक युगको अन्त्य, एक प्रेरणाको विरासत

भारतले इङ्ल्यान्ड भ्रमणका लागि आफ्नो टोली घोषणा गर्न केही दिन मात्र बाँकी रहँदा, भारतीय क्रिकेटका महान ब्याट्सम्यान विराट कोहलीले सोमबार अचानक टेस्ट क्रिकेटबाट तत्काल संन्यास लिने घोषणा गरेका छन् ।
सन् २०११ मा वेस्ट इन्डिजविरुद्ध डेब्यु गरेका कोहलीले करिअरको १४औँ वर्षमा ३६ वर्षको उमेरमा टेस्ट क्रिकेटबाट बिदा लिँदा १२३ टेस्ट खेलमा ९,२३० रन बनाएका थिए । उनको ब्याटिङ औसत ४६.८५ रहेको छ। उनले ३० शतक र ३१ अर्धशतक सहित २५४ रनको नटआउट उच्चतम स्कोर बनाएका छन् ।
विराटको संन्यासको घोषणा रोहित शर्माले टेस्ट क्रिकेटबाट बिदा लिएपछि पाँच दिनमै आएको हो ।
विस्तृत तलको भिडियोमा
तपाईको प्रतिक्रिया दिनुहोस