नेपाल विद्युत् प्राधिकरणले खुलायो पीपीए, ३० दिनभित्र सम्पर्क गर्न आह्वान

नेपाल विद्युत् प्राधिकरणले देशभरका ५ हजार मेगावाट क्षमताका जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता (Power Purchase Agreement - PPA) गर्न प्रक्रिया अघि बढाएको छ। बुधबार एक सूचना जारी गर्दै प्राधिकरणले अर्धजलाशययुक्त (PRoR) र बहावमा आधारित (RoR) आयोजना निर्माण गरिरहेका कम्पनीहरूलाई आवश्यक कागजातसहित ३० दिनभित्र सम्पर्क गर्न आग्रह गरेको हो ।
विस्तृत तलको भिडियोमा
तपाईको प्रतिक्रिया दिनुहोस