मंसिर तेस्रो साता स्थानीय तहमा चुनाव हुने
आयोगले कीर्तिपुर नगरपालिकाका प्रमुखसहित ३४ रिक्त पद रहेको प्रधानमन्त्री ओलीलाई जानकारी गराउँदै ती स्थानमा आगामी मंसिर तेस्रो साता निर्वाचन गर्न उपयुक्त हुने सुझाव राखेको प्रधानमन्त्रीको सचिवालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
निर्वाचन आयोगले आगामी मंसिर तेस्रो साता स्थानीय तहमा रिक्त ३४ पदका लागि जनप्रतिनिधिको निर्वाचन गर्ने गरी आन्तरिक गृहकार्य अगाडि बढाएको छ । आयोग पदाधिकारीले प्रधानमन्त्री केपी ओलीसँग सोमवार भेटेर स्थानीय तहका रिक्त पदको उपनिर्वाचन तयारीबारे छलफल गरेका छन् । प्रधानमन्त्रीले मंसिरमा स्थानीय तहमा रिक्त जनप्रतिनिधिको निर्वाचन गराउन उपयुक्त हुने सुझाव दिएपछि सोहीअनुसार आयोगले काम अगाडि बढाउने भएको छ ।
आयोगले कीर्तिपुर नगरपालिकाका प्रमुखसहित ३४ रिक्त पद रहेको प्रधानमन्त्री ओलीलाई जानकारी गराउँदै ती स्थानमा आगामी मंसिर तेस्रो साता निर्वाचन गर्न उपयुक्त हुने सुझाव राखेको प्रधानमन्त्रीको सचिवालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
प्रधानमन्त्री ओलीले जाडो समय अगावै हुने गरी निर्वाचनको मिति तय गर्न र निर्वाचनमा मितव्ययिता अपनाउन आग्रह गरेका थिए । मिति घोषणा अघि आयोगले सम्बन्धित तहमा मतदाता नामावली अद्यावधिकका लागि आह्वान गर्ने जानकारी गराएको छ । छलफलमा प्रमुख आयुक्त थपलियाले आगामी १९ र २० भदौमा दक्षिण एसियाका निर्वाचन व्यवस्थापन निकायहरूको मञ्च (फेम्बोसा) को १२औँ बैठक नेपालमा आयोजना गरिएको विषयमा प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस