सुदूरपश्चिम रोयल्सको प्रमुख मेन्टेर अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हज
सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हजलाई सोमबार आफ्नो प्रमुख मेन्टेरको रूपमा नियुक्त गरेको छ। सन् २००७ को विश्वकप विजेता टिमका सदस्य रहेका हजको आगमनले सुदूरपश्चिम रोयल्सले नेपाल सुपर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरेको छ। हजले कोलकाता नाइट राइडर्सबाट इन्डियन प्रिमियर लिग (आइपीएल) पनि खेलिसकेका छन्। हजको नियुक्तिले टिममा उत्साह थपेको र सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्रप्रताप शाहले बताएका छन्।
दीपेन्द्र सिंह ऐरी मार्की खेलाडीका रूपमा रहेको सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षक जगत टमाटा छन्। यस टोलीमा ओलम्पियन दीपक विष्ट ब्रान्ड एम्बेसडर र केपी खनाल सोसियल एक्टिभिस्ट एम्बेसडरका रूपमा कार्यरत छन्।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १६ गतेदेखि एनपीएल सुरु हुनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस