शेयर बजार बढ्दा सरकार पनि मालामाल, श्रावणमा झण्डै ४ अर्ब भन्दा बढी पुँजीगत लाभकर सकंलन
अहिले शेयर बजार बुलिश ट्रेण्डमा छ, जसले गर्दा अधिकांश लगानीकर्ताहरू नाफामा छन् । यसले लगानीकर्ता मात्र हैन सरकारलाई पनि फाइदा पुर्याएको छ । गत साउन महिनामा मात्रै सरकारले पूँजीगत लाभकरबाट ४ अर्ब २२ करोड ७८ लाख रुपैयाँ संकलन गरेको छ, जुन गत वर्षभरि संकलन भएको करको ७६.८६ प्रतिशत हो ।
दोस्रो बजारमा सूचक र कारोबार रकम बढ्दै जाँदा पूँजीगत लाभकर संकलनमा उल्लेख्य वृद्धि भएको छ । साउन महिनामा कुल ३० खर्ब ७८ अर्ब रुपैयाँको कारोबार भयो । महिना दिनमा यति धेरै कारोवार भएको इतिहासमा पहिलो पटक हो । श्रावण महिनाको दैनिक औसत कारोबार रकम २१ अर्ब ९८ करोड रुपैयाँ भएको थियो ।
सूचक र शेयर मूल्य बढ्दा लगानीकर्ताले धेरै मुनाफा गरे, जसले पूँजीगत लाभकर संकलनमा रेकर्ड बनाएको हो । वर्तमान सरकारले नीतिगत सुधार र प्रोत्साहन तथा ब्याज दर कम हुँदा लगानीकर्ताहरू शेयर बजारमा लगानी गर्न प्रोत्साहित भएका छन् । लगानीकर्ताहरुको बजारमा विश्वास बढाएको देखिन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस