Techie IT
२०८३ जेष्ठ १२, मंगलबार

प्रचण्डको बैठकमा सत्ताधारी लोसपा अध्यक्षको अनपेक्षित उपस्थिति: सरकार डग्मगाएको हो ??


काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको विपक्षी दलहरूको बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरको सहभागिता राजनीतिक रूपमा सनसनी मच्चिएको छ ।

आश्चर्यको कुरा यो छ कि एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा लोसपा नेपालबाट शरतसिंह भण्डारी श्रम मन्त्रीका रूपमा कार्यरत छन्। यसैले लोसपा नेपालको बैठकमा सहभागी हुनु राजनीतिक रूपले संवेदनशील र सरकारको आयु माथि नै प्रश्न उठ्ने भएको छ ।

लोसपा नेपालका नेताहरूले ठाकुरलाई प्रचण्डले झुक्याएर बैठकमा बोलाएको दाबी गरेका छन्। लोसपा नेपालका महासचिव मनिष मिश्रका अनुसार, “हाम्रो दल सरकारमा रहेका कारण प्रतिपक्षी दलहरूको बैठकमा जाने कुरा नै हुँदैन। तर अध्यक्ष प्रचण्डले हामीसँग समसामयिक विषयमा छलफल गर्न चाहन्छन् भनी फोन गरेर बोलाउनुभयो। यसैले अध्यक्ष जान्न बाध्य भए।”

मिश्रले थपे, “प्रधानमन्त्री भइसकेका प्रतिपक्षी दलका नेताले छलफलका लागि बोलाएपछि नजाने कुरा हुँदैन। हाम्रो अध्यक्षज्यू जानुभयो तर त्यहाँ अरू दलका नेताहरू पनि हुनुहुन्थ्यो, जसलाई प्रतिपक्षी दलहरूको बैठक भनी प्रचार गरियो।”

बैठकमा अध्यक्ष ठाकुरले कुनै टिप्पणी नगरी अन्य दलका नेताहरूको कुरा सुनेर फर्किएको जानकारी महासचिव मिश्रले दिए।

 महन्थ ठाकुरको बैठकमा सहभागिता र त्यसको पछाडि रहेको रणनीति आगामी राजनीतिमा प्रभाव पार्न सक्छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट