Techie IT
२०८३ जेष्ठ १२, मंगलबार

आजको मौसम, यी स्थानमा हल्का वर्षा हुने


 देशका पहाडी भूभागहरूमा आंशिक देखि साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। अन्य भूभागमा आंशिक बदली भए पनि मौसम मुख्यतया सफा नै रहनेछ।

महाशाखाले दिएको जानकारीअनुसार, आज राति पनि देशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रहरूमा मौसम सफा रहने अपेक्षा गरिएको छ। हालको मौसम प्रणालीले गर्दा पहाडी भूभागमा थोरै मात्रामा वर्षा हुने संकेत देखिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट