Techie IT
२०८३ असार ३२, बिहीबार

बझाङ उद्योग वाणिज्य संघ महिला भलिबल कपको उपाधि शुक्लाफाँटालाई


बझाङ उद्योग वाणिज्य संघ कप २०८१ महिला खुला भलिबल प्रतियोगिताको उपाधि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले जितेको छ। 

आज सम्पन्न फाइनल खेलमा शुक्लाफाँटाले बझाङको बित्थडचिर गाउँपालिकालाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो।

शुक्लाफाँटाका टिम म्यानेजर बहादुर सिंह महराका अनुसार, शुक्लाफाँटाले पहिलो सेट २५–२२, तेस्रो सेट २५–९, र चौथो सेट २५–१२ को स्कोरमा जित निकाल्यो। बित्थडचिरले दोस्रो सेट २५–८ ले जिते पनि अन्य सेटमा हार व्यहोरेको थियो।

विजेता शुक्लाफाँटालाई नगद रु १ लाख २ हजार ८१ पुरस्कार प्रदान गरिएको छ भने दोस्रो स्थान हासिल गर्ने बित्थडचिरले रु ५२ हजार ५१ पुरस्कार प्राप्त गर्‍यो। तेस्रो स्थान प्राप्त टिमलाई रु २२ हजार ८१ र सान्त्वना पुरस्कार पाउनेलाई रु ५ हजार ५८१ प्रदान गरिएको छ।

शुक्लाफाँटाका म्यानेजर महराले खेलाडीहरूको मिहिनेत र अनुशासनले यो सफलता सम्भव भएको बताएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट