Techie IT
२०८३ जेष्ठ १२, मंगलबार

फिलिपिन्समा आँधीका कारण १४ जनाको मृत्यु, हजारौं विस्थापित


फिलिपिन्समा आँधीका कारण आएको मुसलधारे वर्षाले बाढी उत्पन्न भई कम्तीमा १४ जनाको मृत्यु भएको छ भने हजारौं नागरिक विस्थापित भएका छन्। 

उद्धारकर्ताहरूले बुधबार बाढीमा फसेका बासिन्दाहरूको उद्धार प्रयास जारी राखेका छन्। उत्तरी फिलिपिन्समा बाढीका कारण करिब ३२ हजार मानिसले आफ्नो घर छोड्न बाध्य भएका छन्। बिकोल क्षेत्रमा उच्च बाढीका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ, जहाँ नागा सहरमा ११ जनाको मृत्यु भएको पुष्टि गरिएको छ।

प्रभावित क्षेत्रहरूमा केही स्थानहरूमा प्रवेश गर्न कठिन भइरहेको प्रहरी प्रवक्ता लुइसा कालुबाकिबले जानकारी दिए। यसैगरी, क्वेजोन प्रान्तमा एक वृद्ध महिला र एक बालकको बाढीमा डुबेर मृत्यु भएको छ। 

मौसम विभागका अनुसार आँधीले इसाबेला प्रान्तलाई प्रभावित गरिरहेको छ, जहाँ निरन्तर हावाको गति ९५ किलोमिटर प्रतिघन्टासम्म पुगेको छ।

विगत २४ घण्टामा उक्त क्षेत्रमा ५०० मिलिमिटर भन्दा बढी वर्षा भइसकेको छ, जसले गर्दा बाढी र क्षतिको स्थिति गम्भीर बनेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट