Techie IT
२०८२ जेष्ठ १, बुधबार

पूर्वगृहमन्त्री लामिछानेविरुद्ध रुपन्देहीमा पनि पक्राउ पुर्जी जारी


पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध रुपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। 

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा भएको रकम हिनामिनासम्बन्धी आरोपमा लामिछाने र  छविलाल जोशीसहित १२ जनामाथि बिहीबार अदालतले पक्राउ अनुमति दिएको हो।

जिल्ला प्रहरी कार्यालय बुटवलको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश श्यामप्रसाद श्रेष्ठले लामिछाने र जोशीसहितका अभियुक्तहरूलाई संगठित सहकारी ठगीको मुद्दामा पक्राउ गर्न अनुमति दिएका छन् । यसअघि, सुप्रिम सहकारीमा भएको रकम अपचलनको विषयमा पुर्व डीआईजी छविलाल जोशीसँग जिल्ला अदालत रुपन्देहीमा दुई दिनसम्म बयान लिइएको थियो।

संगठित रूपमा सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछाने र जोशीसहितका व्यक्तिहरूलाई कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

यसअघि, पोखराको सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगी प्रकरणमा पनि लामिछाने पक्राउ परिसकेका छन्। गत शुक्रबार पोखरामा पक्राउ परेका लामिछानेलाई हाल अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पोखराको हिरासतमा राखिएको छ। बिहीबार जिल्ला अदालतले थप ७ दिनको म्याद दिने निर्णय गरेको छ, जसले गर्दा उनी अझै प्रहरी हिरासतमा रहनेछन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट